कोठा खोज्नुहोस् — नेपालभरि

कोठा चाहियो? सहर, बजेट र कोठाको प्रकार छानेर verified listing हेर्नुहोस्। घरधनीलाई सिधै WhatsApp गर्न मिल्छ — बीचमा दलाल हुँदैन, कुनै कमिशन तिर्नुपर्दैन।

सबै कोठा हेर्नुहोस् →

सहर अनुसार खोज्नुहोस्

कोठाको प्रकार अनुसार

बजेट अनुसार

कोठा खोज्ने ४ चरण

०१
सहर र क्षेत्र छान्नुहोस्
काम वा क्याम्पस नजिकको क्षेत्र रोज्नुहोस् — यातायात खर्च र समय दुवै बच्छ।
०२
बजेट र प्रकार तोक्नुहोस्
मासिक आम्दानीको करिब एक तिहाइभन्दा बढी भाडामा नजानु राम्रो। एक कोठा, स्टुडियो कि फ्ल्याट — पहिल्यै तय गर्नुहोस्।
०३
listing राम्ररी हेर्नुहोस्
फोटो, स्थान र विवरण हेर्नुहोस्। verified badge भएको listing लाई प्राथमिकता दिनुहोस्।
०४
घरधनीलाई सिधै सम्पर्क
WhatsApp मा कुल खर्च, पानी, धरौटी र सूचना अवधि सोध्नुहोस् — अनि कोठा हेर्न जानुहोस्।

पैसा तिर्नुअघि जाँच्नुहोस्

  • कुल खर्च — भाडा + पानी + बिजुली + इन्टरनेट।
  • पानीको स्रोत र कति बेला आउँछ।
  • धरौटी कति र फिर्ता शर्त — लिखित रूपमा।
  • सूचना अवधि दुवै पक्षका लागि।
  • कोठा नहेरी पैसा नपठाउनुहोस्।

थप जानकारी: rent agreement गाइड · ठगीबाट जोगिने गाइड

बारम्बार सोधिने प्रश्न

नेपालमा कोठा कसरी खोज्ने?

Kotha Chaiyo मा सहर, क्षेत्र, बजेट र कोठाको प्रकार छानेर verified listing हेर्नुहोस्, अनि मन परेको कोठाको घरधनीलाई सिधै WhatsApp गर्नुहोस्। कुनै दलाल बीचमा हुँदैन।

कोठा खोज्न पैसा लाग्छ?

लाग्दैन। भाडामा लिनेका लागि Kotha Chaiyo पूर्ण रूपमा निःशुल्क छ — listing हेर्न, फोटो हेर्न र घरधनीलाई सम्पर्क गर्न कुनै शुल्क छैन।

listing verified हुन्छन्?

घरधनीलाई listing राख्न दिनुअघि जाँच गरिन्छ, र verified listing मा हरियो badge देखिन्छ।

नयाँ कोठा आएको जानकारी कसरी पाउने?

search पृष्ठको तल आफ्नो इमेल राख्नुहोस् — तपाईंको सहर, बजेट र कोठाको प्रकारसँग मिल्ने नयाँ listing आउँदा इमेल आउँछ।

कोठा हेर्नुअघि पैसा तिर्नुपर्छ?

पर्दैन, र तिर्नु पनि हुँदैन। कोठा आफैं नहेरी वा live भिडियो कलमा नदेखी कहिल्यै धरौटी नपठाउनुहोस्।

कोठा चाहियो? अहिले नै खोज्नुहोस्

verified घरधनी · दलाल शुल्क छैन